
रौतहट २४ पुस ।
रौतहटमा शीतलहरसँगै चिसो बढेपछि पालिकाले शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । हाल शीतलहरबाट बाक्लो शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर गौर इशनाथ फतुवाका विद्यालयहरु प्रभावित भएका छन् ।
त्यसैगरी विजयपुर,बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । तराईका अधिकांश जिल्लामा अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ ।
चिसो बढ्दै गएपछी धेरै जसो विद्यालयमा विद्यार्थीहरुमा चिसोको प्रभाव पर्नको साथै विद्यार्थीको संख्या घट्नथालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै विद्यालय वन्द गरिएको बताइएको ।












प्रतिक्रिया दिनुहोस