
नारी बाटिका
पोखरा २४ पुस ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीतर्फबाट जिल्ला अदालत कास्कीमा बहस सकिएको छ जाहेरवालाको जारी केही समयअघि
रास्वपाका सभापति रवि लामिछानेसहितका व्यक्तिहरु सहकारीको रकम हिनामिना प्रकरणमा प्रतिवादीदभएको मुद्दामा प्रतिवादीतर्फबाट वकिलहरुको बहस सकिएको अदालत स्रोतले बताएको छ ।
प्रतिवादीका तर्फबाट वकिलहरु रामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए । वकिलको बहस सकिएलगत्तै न्यायाधीश नितिज राईको इजलासमा सहकारी पिडित भनिएका जाहेरवालाको तर्फबाट बहस सुरु भएको छ ।
सो प्रकरणमा जाहेरवालाकोहरुको बहस सकिएपछि सरकारी वकिलको पालो आउनेछ । सरकारी वकिलको बहस सकिएपछि इजलासले थुनामा पठाउने कि सहकारी कसुरमा मुछिएकाहरुलाई बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भन्ने आदेश दिनेछ ।








प्रतिक्रिया दिनुहोस