
काठमाडौं ५ माघ ।
गितेन्द्रबाबु (जिबी)राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालतका कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
कास्की जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन पेश गरेको थियो ।












प्रतिक्रिया दिनुहोस