आज: २०८३ अषाढ ६, शनिबार | Sat, 20, Jun, 2026

भारतमा साँढे जुधाउने क्रममा सातजनाको मृत्यु, ४०० भन्दा बढी दर्शक घाइते

२०८१ माघ ५, शनिबार मा प्रकाशित ( १ साल अघि) १४७८८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ माघ ।

दक्षिणी भारतको तमिलनाडुमा साँढे जुधाउने प्रतियोगिताको (बुल फाइट) का क्रममा सातजनाले ज्यान गुमाएका छन्। त्यसै गरी सोही कार्यक्रममा अन्य ४०० भन्दा बढी दर्शकहरु समेत घाइते भएका हुन्।

विगतदेखी चल्दै आएको साँढे जुधाई यस वर्ष पनि आयोजित उक्त कार्यक्रम दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा बिहीबार आयोजना गरिएको थियो ।

सोही साँढे कार्यक्रममा खेलका सहभागी तथा दर्शकहरु समेत गरी सातजनाको ज्यान गएको छ भने ४०० भन्दा बढी व्यक्तिहरु घाईते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा साँढे पाल्ने मालिकको समेत मृत्यु भएको छ। साथै छुट्टाछुट्टै घटनामा दुई साँढे पनि मरेका छन्। तर अधिकारीहरूले भने अधिकांश मृत्यु र घाइतेहरू मैदान बाहिरका भएको बताएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस