आज:  | Tue, 11, Feb, 2025

काँग्रेसले एमालेसंग सहकार्यमा सरकार संन्चालनमा अवसर र चुनौती दुवै :पर्यटन मन्त्री पाण्डे।

५ माघ २०८१, शनिबार १६:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) ३०७० पटक पढिएको
नारी बाटिका



धादिङ, ५ माघ ।

बिबियु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धनले अवसर र चुनौती दुवै रहेको बताउनु भएको छ । शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आउनु भएका मन्त्री पाण्डेले एमालेसँग सहकार्यमा प्रतिस्पर्धात्मक रुपमा काम गर्ने चुनौती र सत्ता संन्चालनमा सहकार्य गर्ने अवसर दुबै रहेको बताउनु भएको हो ।

मन्त्री पाण्डेले भन्नु भयो, “एमालेसँग सरकारमा सहकार्य गरिएको छ भने जनताको हितका लागी गरिने विकासको कार्यमा प्रतिस्पर्धा दुबै हुन्छ । आगमी निर्बाचन २०८४ सम्म यो गठबन्धन गरेर लैजान हामीबिचमा सहकार्य हुनेछ उहाँको भनाई थियो ।

त्यसैगरी सरकारलाई स्थायित्व दिनको लागी पनि यतिबेला एमाले र नेपाली काँग्रैसबिचमा गठबन्धन गर्नु पर्ने आवश्यक छ।“ “तर, २०८४ को निर्वाचनमा प्रतिस्पर्धा हुने भएकाले काँगे्रसले एमालेसंग कै गठवन्धनबाट संन्चालित सरकारलाई स्थायीत्व दिँदै प्रतिस्पर्धाको हिसाबले निर्बाचनमा जानुपर्ने बताउनु भयो।

आगामी २०८४ को निर्बाचनमा वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गरेको छ भन्नेजनताले नै निर्णय लिनेछन् तर एमाले र काँग्रेसकोबिचमा भने कडा प्रतिस्पर्धा हुनेछ। त्यसैले स्वस्थ प्रतिस्पर्धा गरी पार्टीलाई सुदृढीकरण, बलियो र मजबुत बनाएर अघि बढाउनु पर्ने उहाँको धारणा थियो ।

संवोधन कै क्रममा सरकार संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सक्रिय बनाउने दिशामा काम गर्दै गैरहेको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश हो, र नेपालका पर्यटनको प्रचार प्रसारलाई तीव्र बनाउन आवश्यक छ। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरू भित्र्याउने अवसर पनि छ।“

“हामी पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रलाई गतिशील बनाउन तत्पर छौं। प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग सम्बन्धित मन्त्रालयहरूका साथ समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरिएको छ, यसबाट नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य भइरहेको छ।“

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस