
नारी बाटिका

धादिङ २१ माघ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो सरकारले बुढीगण्डकीको जमिनमा उभिएर परियोजना सम्पन्न गर्नु पर्ने बताउनु भएको छ ।
शोमबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समितिको घोषणा सभाको समुद्घाटनलाई सम्वोधन गर्नु हुंदै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

आईतबार लोकतान्त्रिक यातायात व्यवसायी संघ जिल्ला अधिवेशन समन्वय समितिले एक पत्रकार सम्मेलन गर्दै प्रथम जिल्ला समिति घोषणा एवं महामन्त्रीको बिशेष सन्देस समारोहबारे जानकारी गराउँदै 
काँग्रेस महामन्त्री एव् लोकप्रिय नेता शर्मालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको जानकारी दिएको थियो ।

सोही कार्यक्रममा धादिङबेशी आईपुग्नु भएका काँग्रेस नेता शर्माले कार्यक्रममा बोल्नु हुदै अहिले ठुलादल सरकारमा हुंदा श्रमिकको ज्याला बढाउनु पर्ने बताउनु भएको छ ।
उहाँले नेपालमा श्रमिकलाई पहिलो पटक रोजगारीको लागी नेपाली काँग्रेसले नै १५० जनालाई रोजगारीको अवसर दिएको पनि स्मरण गराउनु भयो । 
धादिङबेशी स्थित सिटि हलमा आयोजित समारोहमा नेपाली काँग्रेसका जिल्ला सभापति तथा कृर्षीमन्त्री रामनाथ अधिकारी,पुर्व कानुनमन्त्री दिलमान पाख्रिन तामाङ
,
माहासमिति सदस्य हरी अधिकारी, प्रदेश सांसद एव्र वागमती प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल,प्रदेश साँसद शिवराज अधिकारी,
नेता तिलक रुवाली,नेता वासु तिमलसीना, निलकण्ठ नगरपालिका प्रमुख तथा नगर महासंघ नेपालका अध्यक्ष भिम प्रशाद ढुंगाना नेपाली काँग्रेस धादिङका पुर्व सभापती एव्ं नेता रमेश धमलाको आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रमा नेपाली काँग्रेस धादिङका बिभिन्न तहका नेता, तथा महिला नेतृहरु,कार्यकर्ता सँगै लोकतान्त्रिक यातायात व्यवसायी संघ केन्द्रीय अध्यक्ष,उपाध्यक्ष लगायतका केन्द्रिय सल्लाहाकारको सहभागिता रहेको थियो ।
कार्यक्रम धादिङ जिल्ला अधिबेशन समन्वय समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । साथै जिल्ला समन्वय समितिले नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित राजेश प्रजापतीको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको छ ।







प्रतिक्रिया दिनुहोस