
नारी बाटिका
ताप्लेजुङ २२ माघ ।
दुर्गम स्थानमा अवस्थित ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गर्न भक्तजनका सहजताका लागी सो क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवादले चरम विषय बनेको छ । यस विषयले उत्कर्षमा विवाद बढेपछी विवाद समाधानका लागी सोमबार भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका तर्फबाट सहभागी गराईएको वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि वार्ता निष्कर्षमा भने पुग्न सकेको छैन ।
हिजो(शोमबार)को वार्ता निष्कर्ष विहिन भएपछी पुनःमङ्गलबार बिहान ११ बजे वार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘सोमबारको वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, मङ्गलबार ११ बजे पुनः बस्ने सहमति भएको छ,’ उनले भने ।
साथै वार्ताको अवधीका क्रममा आन्दोलनरत पक्षले केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नु पर्ने लगायत माग गरेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस