आज:  | Fri, 28, Mar, 2025

तरकारी लोड लिएर गएको गाडी दुर्घटना

२ फाल्गुन २०८१, शुक्रबार १३:४३ मा प्रकाशित ( १ महिना अघि) ३६९० पटक पढिएको
नारी बाटिका


धादिङ २ माघ ।

धादिङको त्रिपुरासुन्दरी २मा तरकारी बोकेको गाडी दुर्घटना हुंदा एकजना घाईते भएका छन् ।

आज १०ः ५० बजेको समयमा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यान्टार खोल्सिस्थित चोक नजिकै भित्री सडकमा धादिङबेशी बाट सल्यान्टार तर्फ जादै गरेको बा.२१च३५२६ न.को तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई दुर्घघनामा परेको हो ।

गाडी सडक बाट अ..५ ।६ फिट तल खसेर दुर्घटनामा परी चिलाउनेको रुखमा अड्किएको छ भने सोही गाडीका चालक जिल्ला धादिङ निलकण्ठ न.पा.८ बस्ने बर्ष ४० को मेक मदिन मियाँ घाईते भई उपचारको लागि सल्यानटार तर्फ पठाईएको छ ।

घाईतेको बायाँ कानमा चोट अवस्था मध्यम रहेको छ । घटना स्थलमा इलाका प्रहरी कार्यलय सल्यान्टारबाट प्र.ह.रामेश्चर अर्याल को कमाण्डमा टोलि खटिई गइ उद्धार गरिएको थियो । सवारी साधन घटनास्थलमा नै रहेको, छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस