
धादिङ २ माघ ।
धादिङको त्रिपुरासुन्दरी २मा तरकारी बोकेको गाडी दुर्घटना हुंदा एकजना घाईते भएका छन् ।
आज १०ः ५० बजेको समयमा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यान्टार खोल्सिस्थित चोक नजिकै भित्री सडकमा धादिङबेशी बाट सल्यान्टार तर्फ जादै गरेको बा.२१च३५२६ न.को तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई दुर्घघनामा परेको हो ।
गाडी सडक बाट अ..५ ।६ फिट तल खसेर दुर्घटनामा परी चिलाउनेको रुखमा अड्किएको छ भने सोही गाडीका चालक जिल्ला धादिङ निलकण्ठ न.पा.८ बस्ने बर्ष ४० को मेक मदिन मियाँ घाईते भई उपचारको लागि सल्यानटार तर्फ पठाईएको छ ।
घाईतेको बायाँ कानमा चोट अवस्था मध्यम रहेको छ । घटना स्थलमा इलाका प्रहरी कार्यलय सल्यान्टारबाट प्र.ह.रामेश्चर अर्याल को कमाण्डमा टोलि खटिई गइ उद्धार गरिएको थियो । सवारी साधन घटनास्थलमा नै रहेको, छ ।












प्रतिक्रिया दिनुहोस