आज:  | Fri, 28, Mar, 2025

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत

५ फाल्गुन २०८१, सोमबार १६:०१ मा प्रकाशित ( १ महिना अघि) ३४११ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ फागुन ।

प्रतिनिधिसभाको बैठकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी प्रस्ताव आज स्वीकृत गरेको छ। आजको बैठकमा गृहमन्त्री रमेश लेखकले पेश गर्नु भएको विधेयक सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु भएपछी सदनको बहुमतले स्वीकृत गरेको हो ।

उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावली अनुसार सांसदहरूले आफ्नो संशोधन पेश गर्न सक्ने छन् । अहिले सांसदहरूले विधेयकमाथि आ आफ्ना धारणा राख्ने क्रम जारी छ । धारणा राख्नेमा सांसद श्यामकुमार घिमिरे, योगेश भट्टराई, चन्दा कार्की, विराजभक्त श्रेष्ठ, रामहरि खतिवडा लगायतले आ आफ्नो धारणा राखेका छन् ।

आइतबार गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि आवाश्यक बुँदामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेपछी पनि गणपूरक संख्या नभएकाले निर्णयार्थ पेस हुन सकेको थिएन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस