आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आफ्नै वडा कार्यलयका कर्मचारी कुट्ने वडाध्यक्ष बलबहादुर गुरुङल पक्राउ

२०८१ फागुन ६, मंगलबार मा प्रकाशित ( १ साल अघि) ८९२९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ फागुन ।

तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्षले आफ्नै कर्मचारी सचिवलाई पिटेपछी पक्राउ परेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले आफ्नै वडा कार्यलयमा कार्यरत वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

वडाध्यक्ष गुरुङले वडासचिव भुषाललाई कुटपिट गरेको घटनापछि सोमबार नै प्रहरीले पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताउनु भयो। वडाध्यक्ष गुरुङले वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै आफूमाथि कुटपिट गरेको वडासचिव भुसालको आरोप छ ।

वडाध्यक्ष गुरुङको कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । अहिले सचिव भुषालको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस