
हेटौडा -३ चैत ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
बमले हेटौडामा शनिबार आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । आज बमलाई चितवनबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएर जलाएका थिए। उक्त कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी भएको बताईउको छ ।












प्रतिक्रिया दिनुहोस