आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

२०८१ चैत्र ३, आईतबार मा प्रकाशित ( १ साल अघि) ६३२५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३ चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयकहरु प्रमाणीकरण गर्नु भएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रमाणीकरण गर्नु भएको हो ।

साथै विधेयक विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस