
काठमाडौँ ४ चैत ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त हुनु भएको छ । शोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त नियुक्त गर्ने निर्णण गरेको हो ।
यसै गरी मन्त्रिपरिषद्को निर्णयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं नंम्वरको आईजीपी बन्न सफल हुनु भएको छ । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा परेका हुन् ।
साथै सो पदको प्रतिस्पर्धामा दोस्रो नम्बरमा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा नंम्वरमा पर्नु भएका काठमाडौं जिल्ला प्रहरी परिसरमा कार्यरत टेकबहादुर तामाङ हुनुहुन्थ्यो ।












प्रतिक्रिया दिनुहोस