
नारी बाटिका
नतिजा प्राप्त भएका विजयीको सुचि हेर्नको लागी तलको लिंक क्लिक गर्नु होस् ।
काठमाडौं ७ चैत ।।
उपत्यका सहित देशभरिका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम जारी छ ।
जस अनुसार पछिल्लो नतिजामा नेकपा एमाले निकट अनेरास्ववियु ९७ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले ६५ वटा क्याम्पसमा जितेको छ । स्वतन्त्र र बागी उम्मेदवारले ४ वटा क्याम्पसमा जित हाँशिल गरेका छन् ।
राजधानीभित्रका आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शङ्करदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटनलगायत ११ ठूला क्याम्पसमा भने स्ववियु चुनाव स्थगित भएको छ । बुधबार भएको चुनावमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भएको थियो ।








प्रतिक्रिया दिनुहोस