
नारी बाटिका
काठमाडौँ ११ चैत ।
त्रिचन्द्र क्याम्पसमा यही चैत १३ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुदेैछ ।
निर्वाचन समितिले आज एक सूचना जारी गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गरिने बारे जानकारी गराएको हो।
उक्त निर्वाचन समितिले जनाए अनुसार यसै चैत १३ गते विहान ८ बजेदेखी मतदान शुरु हुनेछ। ‘आज(शोमबार)बसेको निर्वाचन समितिको बैठकले यही चैत र५ हुने भनिएको निर्वाचन स्थगित भएपछी त्रिचन्द्र स्ववियु निर्वाचन, २०८१ को मतदान कार्य यही १३ गते बधबार विहान ८ बजेदेखि गर्ने निर्णय गरेको छ ।
यस सम्वन्धमा जानकारी गराउँदै समितिले सबैबाट निर्वाचन कार्यमा सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख गरेको छ। यसअघि चैत ५ निर्वाचन सम्पन्न गर्ने भनिएतापनि विभिन्न कारणले रोकिएको स्ववियु चुनाव पर्सी(चैत १३ मा हुने भएको हो ।








प्रतिक्रिया दिनुहोस