
नारी बाटिका
काठमाडौं १९ चैत।
कार्यकालको चार महिनाको मात्रै अवधी रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुबैले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको मङ्गलबारको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएको थियो ।यद्यपि सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेसी तोकिएको थियो । तर, सुनुवाइ हुन हुन भने सकेको थिएन ।
घिसिङले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दीपक खड्का उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमेत लाई विपक्षी बनाएका छन् ।
घिसिङले भनेका छन्, आफुले कुनै गल्ती, त्रुटि नगरे र जनताका हितमा काम गरेको अवस्थामा सरकारले आफुलाई बदनियतका साथ स्पष्टीकरण सोधेको र गलत ढङ्गले पदमुक्त गरेको रिट निवेदनमा जिकिर गरेका छन् ।
यता, नव कार्यकारी निर्देशक हितेन्द्रदेवले पनि आफू पनि यसअघि घिसिङ झैं पदमुक्त भएका विवरण उल्लेख गर्दै घिसिङ यस पदको हकदार नभएको जिकिर गरेका छन् ।








प्रतिक्रिया दिनुहोस