
नारी बाटिका
काठमाडौँ २० चैत ।
आजबाट सातै प्रदेशका शिक्षकहरू काठमाडौँमा आन्दोलनमा उत्रिएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले काठमाडौँका आज राजधानीका विभिन्न स्थानबाट र्याली निकालेका थिए।
शिक्षक महासंघले नेतृत्व गरेको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट र्याली निकाली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएका हुन्। अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागित नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका छन् ।
यस्तै शिक्षण पेसालाई सम्मान गर, शिक्षक महासंघ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनको साथ नारा लगाएका थिए।








प्रतिक्रिया दिनुहोस