
नारी बाटिका
काठमाडौं २२ चैत ।
नेपाल विद्युत् प्राधिकरणको निर्वतमान प्रवन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी आफुमाथी सरकारले अपमानित ढंगले बर्खास्त गरेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णय विरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूलाई अन्याय परेको भन्दै घिसिङले पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेका हुन् ।
तर हितेन्द्रदेवको पुरानै रिट विचाराधीन छ, अहिले कुलमानलाई अन्तरिम आदेश दिन मिलेनः सर्वोच्च अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।
सर्बोच्चले शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन्। घिसिङका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भएको हो ।








प्रतिक्रिया दिनुहोस