
नारी बाटिका
काठमाडौँ ४ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । राजसंस्था पुनःस्थापनाको मागसहित सरकारले प्रहरी हिरासतमा राखेका आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।
राप्रपाको आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने अध्यक्ष लिङदेनले बताएका छन् ।
राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा जान तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’उनले भनेका छन् तर आफूहरूको प्रदर्शन भने शान्तिपूर्ण नै हुने बताएका छन् ।
गत चैत १५ को प्रदर्शनमा विभिन्न आरोपमा थुनामा रहेका राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा.धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस