
काठमाडौं ७ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सिंहदरबारमा ‘नजरबन्द’मा परेका कारण आजको आन्दोलनमा सहभागी हुन पाएनन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू नजरबन्दमा परेका हुन् ।
ज्ञानेन्द्र शाहीका अनुसार दलको कार्यालयबाट प्रहरीले निस्कन नदिएको बताइएको छ। आइतबार राप्रपाले आयोजना गरेको केन्द्रित आन्दोलनमा जान खोजिरहेको बेला प्रहरीले उनीहरूलाई रोकेको हो ।
राप्रपाले काठमाडौस्थित नयाँ बानेश्वरमा आन्दोलन गर्ने तयार गरेका थिए ।












प्रतिक्रिया दिनुहोस