आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकियो,सहमति चैं के के मा भयो त ?

२०८२ बैशाख १३, शनिबार मा प्रकाशित ( ११ महिना अघि) १२२१५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १३ वैशाख।

२५ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सकिएको छ।

गत चैत २० गतेदेखी आन्दोलित शिक्षकका मागलाई सम्बोधन गर्ने सम्वन्धमा नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तको संयोजत्वमा आज बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

शनिबार भएको छलफल सकारात्मक रह्यो तर फेरि पनि छलफल गर्ने गरी अहिलेको छलफल सकिएको छ। फेरि कहिले छलफल गर्ने भन्ने समय तोकिएको छैन’, वार्तापछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले भनेका हुन्।

शिक्षामन्त्री पन्तको संयोजत्वमा शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षा सचिव दीपक काफ्ले, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस