
काठमाडौं १८ वैशाख ।
नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुको कार्यक्रममा विवाद भएको छ।
आन्दोलनरत शिक्षक र सरकारकाबिचमा बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्ले भने शिक्षक महासंघले सरकारसंग गरेको सहमतिप्रति असन्तुष्टि जनाउँदै बिरोध जनाएका हुन्।
सरकारसंग भएको वार्तापछी सहमतीपत्रमा विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषयहरु सहमतिमा नसमेटिएको भन्दै चर्काचर्की भएको थियो । विद्यालय कर्मचारी परिषद्ले सो बारेमा पनि सवालअघि बढाउने भनिएको साथै उनीहरुका पनि सेवासुविधाको रकम स्पष्ट खुलाउनु पर्ने माग राखेको छ ।












प्रतिक्रिया दिनुहोस