
नारी बाटिका
नवलपरासी -२१ वैशाख।
नेपाली काग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस अधिवेशन समयमै गर्न सामाजिक सञ्जालबाट दबाब दिनु पर्ने बताउनु भएको छ । नेता कोइरालाले नेपाली काग्रेसको बिधानले तोके अनुसारनै पार्टीको अधिवेशन हुन्छ, समय सार्ने कुरा मलाई स्वीकार्य हुदैन र कुनै असहज परिस्थिति पनि छैन् भन्नु भएको छ।
आगामी मंसिर भित्र अधिवेशन भई सक्नु पर्छ, अधिवेशन पछि सार्ने निर्णय आत्मघाती हुने र यसले काग्रेसलाई झन कमजोर पार्ने नेता कोइरालाको धारणा छ । अधिवेशनमा उठ्ने छुट सबैलाई छ कसैलाई रोक्न मिल्दैन तर अधिवेशन त हुनै पर्छ,केन्द्रीय समितिको बैठक किन हुन सकेन ? डा.कोइरालाको प्रश्न थियो ।
शनिबार पूर्वी नवलपरासीको कावासोती स्थित बीपी भवनमा प्रेस युनियन नवलपुरसंगको भेटघाटका क्रममा सवोधन गर्नु हुंदै नेता कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो समयमा अधिवेशन गर्न सभापति शेर बहादुर देउवाका साथै केन्द्रीय समितिलाई दबाब दिई रहनुहोस् ।
सोही क्रममा डा.कोइरालाले वर्तमान सरकारले आफ्नो उदेश्य अनुरूप काम गर्न नसकेको,भ्रष्टाचार मौलाएको,दण्डहीनता बढेको,गभर्नर नियुक्तिका बिषयमा संविधान मिच्दै समय लम्ब्याएको, संविधान पुनरावलोकनका बिषयलाई बिर्सिदै गएको जस्ता विषयलाई स्मरण गराउनु भएको छ ।
त्यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रति सरकारको यस अघिका काम गराई हेर्दा कार्यान्वयन हुन आफुले कठीन देखेको बताउनु भयो । डा.कोइरालाले नेपाल थारू संघ नवलपुरको प्रथम जिल्ला अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु भएको हो ।शनिबार दिनभर नवलपुरका कार्यकर्ताबिच भेटघाटमा व्यस्त रहेनु भएको थियो ।








प्रतिक्रिया दिनुहोस