आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

सरकारले स्वास्थ्य बिमाको रकम ३ अर्ब थपेर १० अर्ब पुर्‍याइयो

२०८२ जेष्ठ १५, बिहिबार मा प्रकाशित ( १ साल अघि) ९९५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१५ जेठ ।

सरकारले स्वास्थ्य बिमाको रकम ३ अर्ब थपेर १० अर्बमा पुर्‍याइयो, छ । विमाको रकम बढाएसंगै तिर्नुपर्ने दावी(भुक्तानी पनि आउँदो आर्थिक वर्ष मै दिने जनाएको हो । जसका लागी आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि थपेर १० अर्ब बजेट छुट्याएको छ।

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिबार संसद्‍मा आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।

अर्थमन्त्री पौडेलले भनेका छन्, आगामी वर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट छुट्याएको छु भने हालसम्म बिमा बोर्डबाट तिर्नु पर्ने दावी भुक्तानी पनि आगामी आवभित्रै तिरेर सक्ने योजना ल्याएको छु।

साथै अर्थमन्त्री पौडेलले बिमाको दोहोरोपन हटाइने र बिमाको पुर्नसंसरचना गरिने बताउनु भयो । सरकारले यसअघि नागरिकका बिमाको लागी चालु आवमा ७ अर्ब मात्रै बजेट विनियोजन गरेको थियो। तर आगामी आर्थिक वर्षको लागी भने सरकारले बजेट बढाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस