
नारी बाटिका
काठमाडौं २२ जेठ ।
पूर्वप्रधानमन्त्री एव्ं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्धमा भ्रष्टाचारको मुद्दा लागेको छ । अध्यक्ष नेपालमाथी भ्रष्टाचारको मुद्दा लागेसंगै आज संसद सचिवालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पत्रसहित जानकारी लिएर पुगेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र प्राप्तपछी सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले पढेर जानकारी दिएका हुन् ।
अध्यक्ष नेपालविरुद्ध आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको हो ।
यससंगै सभामुख घिमिरेले पूर्वप्रधानमन्त्री नेपालको सांसद पद समेत निलम्बनमा परेको जानकारी अबको बैठकमा गराउने तयारी गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस