आज: २०८३ बैशाख ९, बुधबार | Wed, 22, Apr, 2026

आज प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

२०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ( १0 महिना अघि) ७२८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ३ असार ।

आज हुने प्रतिनिधिसभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको हो।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। उक्त बैठकमा प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। लामो समयदेखी रोकिएर बसेको निजामती सेवा विधेयकमाथी आजको बैठकमा छलफल गरी पारित हुन लागेको छ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची तयार गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस