आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

२०८२ अषाढ २२, आईतबार मा प्रकाशित ( ५ महिना अघि) ७६२७ पटक पढिएको
नारी बाटिका


इटहरी -२२ असार।

सुननरीको जब्दीस्थित मुरा खोलामा शनिबार पौडी खेल्ने गएका दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका(१६ घर भएका नौ वर्षीय युनिस खत्री र इटहरी–५ घर भइ बस्ने ११ वर्षीय हेमबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाले जानकारी दिनु भयो ।

घटनाको खबर प्राप्तपछी इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घछना स्थलमा पुगेको थियो । मृतक बालकलाई पानीबाट बाहिर निकालेर सान्वी सिटी अस्पताल इटहरी उपचारको लागी लगिएकौ थियो।

अस्पतालले शनिबार दिउँसो दुवै बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस