आज:  | Wed, 23, Jul, 2025

आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम

७ श्रावण २०८२, मंगलवार ११:४४ मा प्रकाशित ( २१ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


सम्वन्धित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ – ६ साउन ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनाले देशको विभिन्न स्थानमा हल्कादेखि भारी सम्मको वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको स्थित मापन गर्दा कोशी, नारायणी,कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तह भन्दा तल छ ।

मंगलबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी र आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ ।

यसैगरी इलाम, झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, मकवानपुर,सिन्धुली, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्यूठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस