आज:  | Wed, 23, Jul, 2025

एमालेभित्र पुर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा ल्याउन हुन्न भन्नेमा बहुमत

७ श्रावण २०८२, मंगलवार १८:०८ मा प्रकाशित ( १४ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
काठमाडौँ -६ साउन ।

दुई दिनदेखी जारी नेकपा एमालेभित्र चलिरहेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेश गराउन नहुने मत बढेको छ।

एमाले केन्द्रीय कमिटीको सोमवारदेखी चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताले भण्डारीलाई राजनीतिमा प्रवेश गराउन नहुने धारणा राखेका हुन्। बैठकमा सहभागी नेताहरूले गणतन्त्रको गौरवको रूपमा रहिसकेको व्यक्ति दलको राजनीति गर्ने विषय मात्रै नभएको बताएका थिए ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकबारे जानकारी दिँदै गणतन्त्रको गौरव मुलुकको प्रमुखका रुपमा भईसकेका व्यक्ति राजनीतिक दलमा प्रवेश गर्ने कुरा कुनै राजनीतिक दलको विषय मात्रै नभएको धारणा राखेका हुन् ।

साथै भण्डारीले यस विषयलाई संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुने गरी निर्णय लिनुपर्ने बताए। केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने गौतमको भनाइ छ।

सोही क्रममा प्रचार विभाग प्रमुख गौतमले, ‘पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरा अधिकांश सदस्यले जिज्ञासा राखेका छन्। साझा व्यक्तित्व, गणतन्त्रको गौरव रहिसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने कुरा प्राविधिक र एउटा पार्टीको विषय होइन। यसले भोलि जनता, प्रणाली र व्यवस्थामा के प्रभाव पर्छ, ? भन्ने हेक्का राख्नु आवश्यक छ ।

यसैगरी संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेमा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नु पर्दछ भन्ने अधिकांश केन्द्रीय सदस्यको जोड छ।’साथै पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिने कुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस