
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौ- २५ साउन ।
आज साउन महिनाको अन्तिम सोमबार हो । काठमाडौँस्थित पशुपतिनाथ लगायत देशभरका शिवालय मन्दिरमा श्रद्धालु जनको घुइँचो लागेको छ।
चान्द्रमानको पात्रो अनुसारको (तिथिमा चल्ने) व्रत बस्नेले अघिल्लो सोमबारलाई नै अन्तिम मानेका थिए। यो मान्यता अनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत े बस्नपरम्परा रहेको धर्मशास्त्री प्राडा देवमणि भट्टराईले बताउनु भयो।
सौरमानको पात्रो (गतेमा चल्ने) हरुले भने साउन महिनाभित्रका सोमबारलाई अन्तिम मान्ने चलन रहेको छ। यो वर्ष दुवै पात्रो अनुसार साउन महिनामा चार–चारवटा मात्र सोमबार परेको थियो।
दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित यस महिनामा भगवान शिवको विशेष पुजाआजा गरिने गरिन्छ । साउनको सोमबार भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा हो ।








प्रतिक्रिया दिनुहोस