आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आजबाट तिज सुरु, घर -घरमा दर खाएर यो पर्व मनाईँदै

२०८२ भाद्र ९, सोमबार मा प्रकाशित ( ५ महिना अघि) ७९०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -९ भदौ ।

आजबाट हरितालिका तीज पर्व सुरु हुंदै छ । तिजको पुर्वसन्यामा आज राति दर खाने गरिन्छ । व्रतको तयारी स्वरूप सनातन धर्मावलम्बी महिलाले सोमबार दर खाने तयारी गर्दै छन्। भाद्र शुक्ल तृतीयाका दिन(भोली) निराहार उपवास बस्नुपर्ने भएकाले द्वितीयाका दिन बेलुकी अथवा आज मध्यरातमा दर खाने परम्परा छ। यसैले दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा लिइन्छ।

विबाह गरेर गएका चेलिहरुका लागी दाजु भाईले एक दुई अगावै लिन जाने र दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने प्रचलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म तिजका गित गाएर नाचेर रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि संम्भव भएसम्म परिवारका सदस्यसँगै दर खाने गर्छन्।

भोलिपल्ट तिजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने गरिन्छ। यस्तै मौसम अनुसारका तरकारी तथा परिकार बनाएर पनि खाने गरिन्छ।

मध्यरातमा खाएको दरले भोलिपल्ट तिजको व्रतका आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नु पर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। अचेल एकडेढ महिनादेखि पार्टी प्यालेस,रिसोर्ट,होटल, रेष्टुँरामा गई मदिरा पानसहितको भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेकोले नेपाली परमपरा,मुल्य मान्यता र आँच आउन सक्ने भन्दै संस्कृतिविद्हरुको चिन्ता बढ्दै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस