आज: २०८३ बैशाख ६, आईतबार | Sun, 19, Apr, 2026

आइतबार (छोनाम) पर्व मनाउन भन्दै तिन वटा जिल्लामा सार्वजनिक बिदा

२०८२ भाद्र १९, बिहिबार मा प्रकाशित ( ७ महिना अघि) ५७३६ पटक पढिएको
नारी बाटिका


केहीलाई खुशी, तर दैनिक मजदुरी गरी खानेलाई भने हातमुख जोर्नै नपाउने चिन्ता

नारी वाटिका संवाददाता

बागमती प्रदेश -१९ भदौ ।

बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ(तीन जिल्ला)लाई लक्षित गर्दै आगामी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा न्वागी (छोनाम) पर्व मनाउन भन्दै वागमति प्रदेशका तिन वटा जिल्लालाई मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिहिबार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा एक सूचना जारी गर्दै मिति २०८२ भदौ २२ गते (आइतबार) चेपाङ जातिले मनाउने न्वागी पर्वको अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लाभर सार्वजनिक बिदा निर्णय गरेको हो ।

तर पछिल्लो समयमा तिनै तहका सरकारले आ आफ्नै मर्जीमा कानुन निर्माण गरी सरकारले अनावश्यक अवस्थामा पनि सार्वजनिक विदा दिएर देशको अर्थ तन्त्रमा मात्रै नभई नागरिकले सरकारी तथा सम्वन्धित निकायबाट लिनु पर्ने सरकारी कामकाज तथा सेवामा वाधा पुर्याने काम गरेको नागरिकको गुनासो छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस