
नारी बाटिका
काठमाडौँ -५ असोज ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रीमण्डमा नयाँ तथा सामाजिक व्यक्तीत्तवको खोजी गर्दै हुनुहुन्छ । सोही अनुसार कार्की नेतृत्वको अन्तरिम सरकारमा थप ३ जनाको नाम आइतबार राष्ट्रपति कार्यालयमा सिफारिस गर्नु भएको हो ।
आज सिफारिस भएकाहरु मध्य पत्रकार जगदीश खरेले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने भएका छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।
मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा काम गर्दै आउनु भएको थियो। उनले थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।
उहाँहरूको नियुक्ति र शपथ लिने कार्यक्रम आजै(आइतबार ) नै गर्ने शीतल निवासले आवाश्यक तयारी गरिरहेको छ ।
यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनिसकेका छन् । खनालले अर्थ,घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हाल्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस