
नारी वाटिका संवाददाता
काठमाडौँ १५ असोज ।
नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकोमा आपत्ति जनाएको छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्ति मार्फत दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति गरेको भन्दै काँग्रेसले अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको ठुलो जनधनसहितको क्षति घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यका बाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस