
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२३ असोज।
नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको नभएको बताउनु भएको छ।
बिहिबार नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा सम्वोधन गर्नु हुंदै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको हुन नसक्ने उहाँको तर्क थियो।
अध्यक्ष वलीले सरकारले आफूलाई काठमाडौँ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाउनु भयो। अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराउनु भयो।
यस्तै वलिले ‘यो सरकार नेपालीको होइन, अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने यो डाँडो काटेर बाहिर जान नपाउने। यो तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?
यस्तै के सोच्या छ ? अहिलेका गृहमन्त्रीको त मैले नाम पनि सुनेको थिइन। गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’ यस्तै उहाँले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहोर्याउनु भयो ।








प्रतिक्रिया दिनुहोस