
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२ कार्तिक ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएकोमा कडा आपत्ति जनाउनु भएको छ । उहाँले नेपालको जुनसुकै स्थानमा जाने आफ्नो अधिकार रहेकोले कुनै पनि आदेशले आफुलाई रोक्न नसक्ने चुनौती दिनु भएको हो ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवारआयोजित चियापान कार्यक्रममा बोल्दै ओलीले , ‘चुनाव गराउने कुरा गर्छन्, तर झापाको मेरा घर जलाइयो, मलाई जान दिइँदैन । साँगा कटेर बाहिर निस्कन नपाउने रे ?’उहाँले प्रश्न गर्दै भन्नु भयो, ‘म नेपालको सीमाभित्र जतिबेला आवश्यक छ, त्यतिबेला जान्छु । कुन कानुनले मलाई रोक्छ ? कुन लोकतन्त्रले मलाई थुन्छ ? जथाभाबी र मनपरी गर्ने हो ?’
ओलीले मौखिक आदेशको आधारमा दलका नेतालाई रोकेर चुनाव गराउने सरकारी कदमको आलोचना गरे । यस्तै, ‘मौखिक आदेशले जे पनि गर्ने ? दलहरूलाई चुनावमा जान नदिने, अनि फागुन २१ मा चुनाव गर्ने रे ?
यो कस्तो लोकतन्त्र हो ? ‘हामी कमजोर र हार मान्नेहरू होइनौँ ।’








प्रतिक्रिया दिनुहोस