
नारी वाटिका संवाददाता
काठमाडौं ९ कार्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ।
यसै क्रममा प्रधानमन्त्री कार्कीले नेतृत्वमा सरकारमा चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ भने नयाँ थप चारैजना मन्त्रीहरुको शपथ ग्रहण पनि आजै हुने भएको छ । नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस