
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ८ मंसिर ।
नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनु भएको छ । शोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही मंसिर ९ (भोलि)बाट अनिवार्य अवकाशमा जाने भएकोले सरकारले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो।
साथै आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेसंगै एकनारायण अर्याललाई विदाई गरिने भएको छ । उहाँ २०८१ भदौ १३ मा मुख्यसचिव नियुक्त भएको थियो ।












प्रतिक्रिया दिनुहोस