
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ १० मंसिर ।
नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोख्रेलेको सचिवालयले मंगलबार जारी गरिएको विज्ञप्तिमार्फत उहाँले पार्टी पुनर्गठन, रुपान्तरण र सामूहिक नेतृत्वलाई प्राथमिकता दिँदै आफू अध्यक्षका लागि उठ्ने तयारी गरेको जानकारी दिएका हुन्।
नेता पोख्रेलले पार्टीका सदस्यहरूको योग्यता र क्षमता अनुसार जिम्मेवारी बाँडफाँड गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउन प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
त्यसैले पाटीको आगमी महाधिवेशनका लागी पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निभाउने अपेक्षा व्यक्त गर्दै अभिभावकीय ढंगले सहज निकास दिन आग्रह पनि पनि गरेका छन् ।
उनले पार्टीको रक्षा गर्नु नै राष्ट्र र जनताको हितको रक्षा हुने भएको भन्दै वर्तमान राजनीतिक परिस्थितिमा एमालेलाई सुदृढ रूपमा अगाडि बढाउन नेतृत्व हस्तान्तरण आवश्यक रहेको टिप्पणीसमेत गरेका छन्।
नेकपा एमालेको आगामी ११औँ अधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तयारी भैइरहेको छ।








प्रतिक्रिया दिनुहोस