आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

अनावश्यक सरकारी खर्च नियन्त्रण गर्न सरकारले राजनितिक नियुत्तीका करार कर्मचारी हटाउन सुरु

२०८२ मंसिर ११, बिहिबार मा प्रकाशित ( ४ महिना अघि) ४१२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -११ मंसिर ।

अनावश्यक सरकारी खर्च नियन्त्रण गर्न सरकारले राजनितिक नियुत्तीका करार कर्मचारी हटाउन सुरु गरेको छ ।

जस अनुसार मुलुकको आर्थिक भारलाई कम गर्न अनावश्यक सरकारी खर्च नियन्त्रण गर्न सरकारले राजनितिक नियुत्तीका करार कर्मचारी हटाउन सुरु गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा कार्यरत कर्मचारीको संख्या कटौती गर्न १४ जना कर्मचारीलाई हटाउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जना कर्मचारीलाई हटाएको जनाएको हो। अब कार्कीको सचिवालय ६ सदस्यीय कर्मचारी मात्रै छन् ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (टोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने व्यवस्था गरिएको हो ।

तर विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ भने कार्की कै सचिवालयमा कायम रहने भएका छन्। उनकी श्रीमती संगीता श्रेष्ठलाई भने हटाइएको छ। जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस