
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं – १२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की संग आफ्ना पार्टी अध्यक्ष केपी ओलीलाई स्थानहद लगाए चुनाव हुन नसक्ने वलीपक्षधर नेताहरुले बताएका छन्।
पूर्व प्रधानमन्त्री तथा लोकप्रिय दलका नेता ओलीलाई स्थानहद तोक्न नहुने उनीहरूको प्रधानमन्त्री समक्ष माग रहेको छ ।
प्रधानमन्त्रीको कार्यालयमा प्रम कार्की र एमालेका तर्फबाट बिहिबार भएको छलफलमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला र सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।
एमालेका नेताहरूलाई बालुवाटारमा बोलाएर निर्वाचनमा जान प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गर्नु भएको थियो। प्रधानमन्त्री कार्कीले वार्ताका लागि आह्वान गर्नुको अर्थ एमालेसँग सम्बन्ध सुधार्न थालेको रूपमा एमाले नेताहरूले बताएका छन्।
एमाले नेता महेश बर्तौलाले अध्यक्ष केपी ओलीको स्थानहद किन भन्ने प्रश्न उठाएको जनाए। बर्तौलाले भने , ‘ यसमा उहाँको कुनै जवाफ आएन। यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थान हद गरेर निर्वाचन हुन सक्दैन।’
नेताहरूले सबैतिरबाट घेराबन्दी गरेर एमालेलाई एक्ला बनाउने प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यद्यपि एमाले चुनावबाट भाग्ने दल नभएको छmफलमा सहभागी नेताहरुको बनाई छ।








प्रतिक्रिया दिनुहोस