
नारी बाटिका
नारी वाटिका संवाददाता
भक्तपुर -१८ मंसिर ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष वलीसंग टक्कर लिएर पार्टीको चुनावमा लड्ने तयारी गरेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष केपी शर्मा वलीले फकाएर सहमतिमा ल्याउन खोजेका छन्।
यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा वलीसंग अध्यक्ष उठ्ने घोषणा गरिसकेका वरिष्ठ नेता पोख्रेललाई बिहिबार अध्यक्ष ओलीले आफ्नो निवास भक्तपुरको गुण्डुमा डाकेर आफ्नो विपक्षमा खुलेका पदाधिकारीहरूसंग भेटवार्ता गरेका हुन् ।
ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गुण्डुमा पुगेका थिए ।
महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद भएका जिल्लाहरूको बारेमा छलफल आफ्नो पक्षमा पुरै सहमति बनाउन अध्यक्ष वलीले रणनिति बनाईरहेका छन् । सोही रणनितिको छलफलमा सहभागी हुन पोखरेलको टोली गुण्डु पुगेका हुन् ।








प्रतिक्रिया दिनुहोस