आज: २०८३ आश्विन १६, शुक्रबार | Fri, 02, Oct, 2026

आज र भोली धादिङमा झिँगु नेवा समाजको नेवारी परिकार(खाना)को महोत्सव हुंदै

२०८२ मंसिर २६, शुक्रबार मा प्रकाशित ( ९ महिना अघि) ५५८१ पटक पढिएको
नारी बाटिका



बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२६ मंसिर ।

नेवारी खानाको पहिचान गराउने उदेस्यले धादिङमा नेवारी खाना परिकारको महोत्सव हुने भएको छ । महोत्सव सम्वन्धमा विस्तृत जानकारी दिनका लागी नेवा समाज धादिङले बिहिबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराएको हो ।

नेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार अन्य जातिय खाना परिकारको तुलनामा नेवारी परिकार आकर्षणका रूपमा परिचित बनेको बताउनु भयो।

यही मंसिर २६ र २७ गते दुइ दिनसम्म धादिङवेशीको बिचवजार चोकमा संन्चालन गरिने नेवारी परिकार महोत्सवमा समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराउने आयोजकको अपेक्षा रहेको छ।

कार्यक्रममा १० वटा स्टल रहने र जसमध्य २ वटा स्टलबाट माछामासु नखानेहरुका लागी भेज परिकार बनाईने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङद्वारा सञ्चालन गरिने नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको लागी कार्यक्रम रहेको बताइएको छएकपटक नेवा परिकारको स्वाद चाखेर फर्किएका महोत्सवका अवलोकन कर्ताहरु अर्को पटक परिवारलाई पनि साथै लिएर आउने गरेका अध्यक्ष श्रेष्ठले बताए। नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनको भनाइ छ 

यसअघि “नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुने गरेको थियो । तर गत वर्ष पनि धादिङ नेवा समाजले महोत्सवको आयोजना गरी खानाको परिकार बारे तालिम प्राप्त पशिक्षकले पशिक्षण गरी बनाउन थालेपछी हाल नेवारी परिकारले गति लिन थालिएको बताइएको छ ।

नेवारी खाजाको प्रचार प्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजले जनाएको । नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाहरुका लागी भने नौलो खाजा बन्न पुग्ने विस्वास लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑