आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

परराष्ट्रमन्त्रीमा सेनाका पूर्वरथी शर्मा नियुक्त,आजै शपथ हुने

२०८२ पौष ११, शुक्रबार मा प्रकाशित ( ७ महिना अघि) ४३४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -११ पुस । बिबियु

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन्।

शर्माले माओवादी लडाकु समायोजन समितिमा समेत रहेर काम गरिसकेका उनलाई सुशीला कार्की नेतृत्वको सरकारले परराष्ट्रमन्त्रीमा नियुक्त गरेसंगै शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो।

पूर्वरथी शर्मा माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने काम गरेका थिए भने प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता विभिन्न सामाजिक कार्यको जिम्मेवारीमा रहेर काम गरेका छन् ।

यसका साथै शर्माले कोभिड संकटको समयमा सीसीएमसीमा रहेर काम गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस