आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

धोविखोलामा सडक मिचेर बनाइएको सात तले घरमा डोजर लगाइयो

२०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


धोविखोलामा सडक मिचेर बनाइएको सात तले घरमा लगाइयो डोजर
शर्मिला परियार, नारी वाटिका संवाददाता

धादिङ २० वैशाख।

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको भन्दै धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएर भत्काइ दिएको छ । केही दिनयता दैनिक जसो महानगरले अनधिकृत रुपमा बनाईएको संरचना तिब्रगतिमा हटाउँदै आईरहेको छ ।

नगर क्षेत्रभित्र बनेका अनधिकृत संरचना हटाउने क्रममा धोविखोला नदी किनारमा मापदण्ड विपरित निर्माण गरेका संरचनामा डोजर लगाउन थलिएको हो् । सोही क्रममा आईतबार देवीनगरमा बनेको सात तल्ले पक्की भवनमा डोजर चलाएको थियो । यसअघि पनि शंखमुल नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू महानगरले हटाएको थियो ।

केही दिनअघि महानगरले सार्वजनिक सूचना जारी गरी अवैध रुपमा निर्माण भएका संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा तोकेको थियो।
तोकिएको समयभित्र घरवालाले सम्रचना नहटाएपछी महानगर आफैले आज डोजर लगाएर घर भत्काइएको जनाएको छ ।

यसरी मापदण्ड विपरित निर्माण भएका सम्रचनाले शहरको सौन्दर्यता बिगारेको र फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस