आज: २०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

रास्वपाले फाइभस्टार होटलमा प्रशिक्षण राखेपछी सांसद् आशिकाको आपत्ति

२०८३ बैशाख २६, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
धादिङ- २६ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले पार्टीले सांसदहरूका लागि फाइभस्टार होटलमा प्रशिक्षण कार्यक्रम राखेपछी आपत्ति जनाएकी छन्। आयोजना गर्न लागिएक

सांसद तामाङले पार्टीले आफ्ना सांसद्हरुलाई पार्टी प्रशिक्षण कार्यक्रमको फाइभस्टार होटलमा आयोजना गर्ने तयारी गरिएपछी आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यको स्रोतको दुरुपयोग र फजुल खर्चको कम गर्ने भनिरहेकै समयमा यसरी महँगो होटल (स्थान)मा कार्यक्रम गर्नु उपयुक्त नहुने भन्दै आपत्ति जनाएकी हुन्।

उनले लेखेकी छिन्, ‘सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभस्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभा हल कति छन् कति, बाहिर किन ?

किनकी बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ?’

साथै थप लेख्दै उनले भनेकी छिन्, ूसांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरु दिन चाहिँ पर्दैन ? हामी आफैँ परिवर्तनको पक्षमा हिँडिरहँदा,फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो तरु ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस