आज: २०८३ बैशाख २९, मंगलबार | Tue, 12, May, 2026

कांग्रेसको केन्द्रीय समितिमा १९ जना मनोनयन

२०८३ बैशाख २९, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता
धादिङ- २९ वैशाख ।

नेपाली कांग्रेसका केन्द्रीय समितिमा १९ जना सदस्यहरु मनोनयन भएका छन् । सभापति गगन थापाले पार्टी केन्द्रीय समितिमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका पक्षलाई समेटेर शोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

पार्टीको पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित भएका प्रतिनिधिहरुलाई यथावथ राखी थप १९ जनालाई मनोनीत गरिएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको बताइएको छ।
मनोनयन भएकाहरुको विवरण पुरै पढ्नु होस्
१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९. लक्ष्मी परियार — उदयपुर
१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी
१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशीला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. श्री सीता थपलिया (उर्मिला) — धादिङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस