
नारी बाटिका
बिबियु -नारी बाटिका संवाददाता
धादिङ -३० वैशाख ।
सरकारले निजामती कर्मचारीलाई राजनीतिक दल,भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन दिएको छ। मुलुकमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेपछी सरकारले सम्पुर्ण राजनितिक ट्रेड युनिययनहरु खारेज गरिएको थियो ।
तर सर्वोच्चले तत्काललाई सरकारको निर्णय कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेश दिएपछी सरकारले कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निजामती कर्मचारीलाई चेतावनी सहितको निर्देशन दिएको हो।
सूचनामा भनिएको छ नेपालको संविधान र निजामती सेवा ऐन २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ)अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।
निजामती ऐनमा निजामती कर्मचारीले राजनीतिमा भाग लिएर कुनै दलको भातृ संगठन, दलको जन वर्गीय संगठन वा दलसँग आबद्ध भई संगठनको सदस्यता लिएको वा,राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि उम्मेदवार बनेमा सेवाबाट हटाउन सकिने कुरा मन्त्रालयले सुचनामा उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस