आज: २०८३ जेष्ठ ४, सोमबार | Mon, 18, May, 2026

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन विज्ञ सदस्य मनोनीत

२०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित ( २८ मिनेट अघि) ७१४ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी बाटिका संवाददाता गर्दछ ।
धादिङ -४ जेठ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा तीन जना विषयसंग सम्वन्धित विज्ञहरूलाई सदस्यमा मनोनयन गर्नु भएको छ ।

पार्टी सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठन भएको लेखा समितिमा सदस्य पदमा मनोनयन गर्नु भएको हो।

मनोनीत हुनेहरुमा धनुषाका दिलिप ढुंगाना, भक्तपुर चितवनका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उनीहरु तिनै जना लेखासंग सम्वन्धित विषय विज्ञ हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस