
नारी बाटिका संवाददाता
काठमाडौं- ५ जेठ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शोमबार उनलाई पर्साको वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखी बैंक,बित्तिय संस्था तथा सहकारीबाट लिएको तिर्न नपर्ने भन्दै यी क्षेत्रबाट ऋण लिएर नतिरेकाहरुलाई उचाल्दै हिडेका प्रसाईं आजबाट सुरु हुने अभियानको कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए ।
आजका लागि उनको सोही अभियानको कार्यक्रम तय गरिएको थियो । तर कार्यक्रमको पूर्वसन्ध्यामै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।
बालेन सरकार आईसकेपछीको प्रसाईंको यो पहिलो पटक गरिएको पक्राउ हो । यद्यपि उनलाई किन पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस